काठमाडौं,
वैशाख ३१ ।
अनु चौधरी र किरण भुजेलको स्वरमा रहेको गीत ‘माया गरौं’ सार्वजनिक भएको छ । रमा थापाको शब्द÷संगीत र जय तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
राज लुइँटेलको निर्देशन रहेको भिडियोमा सोनितराज ढुंगेल, प्रतीक्षा काफ्ले, हरि ठकुरी, अपेक्षा नगरकोटीलगायतका कलाकारको अभिनय छ । सामाजिक जीवनको वास्तविक कथालाई भिडियोमा उतारिएको छ ।
रविराज गुप्ता र अंकृत साहको छायांकन रहेको भिडियोमा रविराजकै सम्पादन छ । गीतको भिडियो रमा थापाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






