बिदुर,
वैशाख १५ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालको पाचौं केन्द्रीय समितिको बैठक (घुम्ति)सम्पन्न भएको छ । कलाकारिताको माध्यमबाट पर्यटन संंस्कृतिको प्रचार गर्ने उद्देश्यले बिभिन्न जिल्लामा बैठक गर्ने अभियान अनुरुप प्रतिस्ठानको टोली नुवाकोट आईपुगेको हो ।
नुवाकोटको मात्र नेपालको एतिहासिक सिन्दुरे जात्राको दिन प्रतिस्ठानको अध्यक्ष रिता थापाको नेतृत्वमा केन्द्रस्य समितिको टोली नुवाकोट आएको थियो । बैठकमा प्रतिस्ठानको सस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पूर्ब अध्यक्ष दुर्गा रायमाझी, सल्लाहकारहरू उज्ज्वलजंग ठकुरि र राधाकृष्ण पाठक लगायतको उपस्थिति थियो ।
बैठकले शारीरिक अपाङ एवम् अशक्त कलाकारलाई प्रतिस्ठानमार्फत दिइने सस्थागत सम्पूर्ण सहयोग निःशुल्क गर्ने, संगठन बिस्तार गर्न बाँकी रहेका जिल्ला, प्रदेश तथा बिदेशमा बिस्तार गर्ने, गत फाल्गुनमा इन्द्रेणी सातौं रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिताको समिक्षा र देशैभर सञ्चालनमा रहेका कलाकारको तथ्याङ्क सङ्कलन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय भएको केन्द्रीय अध्यक्ष रिता थापाले जानकारी दिनुभयो ।
जात्रा मात्र नभई नुवाकोटको एतिहासिक, धार्मिक कुरालाई प्रतिस्ठान टोलीले जहाँ पुगेपनि उजागर गर्ने पनि प्रतिबद्धता जनाएको छ ।






