काठमाडौं,
माघ २६ ।
१५ वर्षअघि निर्माण भएको चलचित्र ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक भएको छ ।
जवानी बेलामा छुटेको माया अचानक बाटोमा भेट हुँदाको रमाइलो पललाई वर्णन गरिएको गीतमा नित्या शिवा र राजन श्रेष्ठको स्वर छ । शंकर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीको सङ्गीत एवम् एरेञ्ज छ ।
गीतको भिडियोमा किरण केसी ‘रातामकै’, दीपाश्री निरौला, बाल कलाकारहरू रियान खड्का र प्रनिता रोकाया फिचर्ड छन् ।
माइकल चन्द निर्देशित भिडियोमा सौरभ लामाको छायांकन, सियोब श्रेष्ठको नृत्य, सलिन लम्सालको सम्पादन, नन्दा अधिकारीको श्रृङ्गार र सरस्वती श्रेष्ठको केश विन्यास छ । भिडियो राजन श्रेष्ठको अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






