छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको निधन

काठमाडौं,
माघ २६ ।

पाल्पा, तिनाउ गाउँपालिका-२ बन्चरे पहाडस्थित सडकमा लु.२१ प ५८३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय यम बहादुर थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१८ ई गाउँस्थित सडकमा से.६ प ९७२२ नम्बरको मोटरसाइकल सडक छेउमा रोकी राखेको ठेलामा ठोक्किएर बिहीबार साँझ दुर्घटना हुँदा चालक कैलारी गाउँपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, कमल गाउँपालिका-४ स्थित सडकमा को.१ प १८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४८ वर्षीय सुरेश राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरी, बर्दिबास नगरपालिका-४ माईस्थानस्थित सडकमा बा.४० प ४९४० नम्बरको मोटरसाइकललाई ना.५ ख ८५८७ नम्बरको ट्रकले गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका-१४ बस्ने ५० वर्षीय जयहरि घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्थिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार