असोज ११ मा ह्रस्व-दीर्घ

काठमाडौं,
माघ १९ ।

दक्षिण भारतीय चलचित्र उद्योगका लोकप्रिय कलाकार ब्रहृमानन्दमको जन्म दिनको अवसर पारेर चलचित्र ‘ह्रस्व दीर्घ युनिटले प्रदशर्नको मिति तय गरको छ । अभिनेत्री नीता ढुंगानाको महत्वाकांक्षी प्रोजेक्ट ‘ह्रस्व दीर्घ’ २०८१ साल असोज ११ गते प्रदर्शनमा आउने भएको हो ।

चन्द्र पन्तको निर्देशन रहेको चलचित्रमा नीता ढुंगाना तथा हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ भने भारतीय कलाकारहरू ब्रहृमानन्दम, प्रदीप रामसिंह रावत, अली, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ ।

चलचित्रको भारतका विभिन्न सहरहरूमा हुने छायांकन सकिएको छ भने हाल नेपालमा छायांकन भइरहेको छ । चलचित्रमा काम गर्न यसमा अनुबन्धित भएका भारतीय कलाकार केही दिनमा नेपाल आउने निर्माणपक्षले जनाएको छ । चलचित्रलाई नेपाल तथा भारतका मुख्य भाषाहरूमा रिलिज गरिने बताइएको छ । भारतमा भने चलचित्र ओटीटी प्लेटफर्ममा मात्र सार्वजनिक हुने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार