‘माया यस्तै हुँदो रैछ’ भन्दै कृष्ण (भिडियोसहित)

काठमाडौं,
माघ १२ ।

कृष्ण पाण्डेको स्वर रहेको गीत ‘माया यस्तै हुँदो रैछ’ सार्वजनिक भएको छ । हस्त गौतमको शब्द, मनोज चौलागाईंको सङ्गीत तथा एरेन्ज र प्रकाश मिश्रको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आशिष नेपालको निर्देशन/छायांकन रहेको गीतको भिडियोमा पाण्डे स्वयम् फिचर्ड हुनुहुन्छ । प्रेम वियोगको भावलाई समेटिएको गीतको भिडियोमा गायक पाण्डेकै सम्पादन तथा कलर करेक्सन छ । क्लासिकल सङ्गीतका विद्यार्थीसमेत रहनुभएका पाण्डेले यसअघि आधा दर्जनभन्दा बढी गीत श्रोता/दर्शकमाझ ल्याउनुभएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार