‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक सार्वजनिक

काठमाडौं,
पुस १७ ।

चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रका नायक सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो । यो चलचित्रलाई फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा नायक सौगात मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ । एउटा लुक्समा सौगातको कसिलो शरीर देख्न सकिन्छ । जहाँ, उहाँको एक्सन देख्न सकिन्छ । अर्को लुक्समा भने उहाँ गोरखपुरको रेलवे अगाडि हिँडिरहेको देख्न सकिन्छ ।

यी दुवै लुक्सले सौगात मल्लको भूमिका र उहाँको अभिनयलाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्ने निश्चित छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो चलचित्रका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाउनुभएको थियो । पछि, फेरि सौगातले १० केजी तौल बढाउनुभएको थियो ।

चलचित्रमा सौगातको साथमा नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । तर, निर्माणपक्षले फस्टलुकमा सौगातको मात्र दुई फरक गेटअप सार्वजनिक गरेको छ । संजय लामाको छायांकन रहेको चलचित्रलाई डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको हो । चलचित्रमामा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार