महेश्वर पन्तको साङ्गीतिक लघु चलचित्र ‘जिउँदा देवता’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुस १७ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवम् अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक गीतकार/सङ्गीतकार महेश्वर पन्तको रचना तथा सङ्गीत रहेको मार्मिक गीतको साङ्गीतिक लघु चलचित्र ‘जिउँदा देवता’ सार्वजनिक भएको छ । साङ्गीतिक लघु चलचित्र ‘जिउँदा देवता’ सार्वजनिक
कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुतिमा प्रवीन बेडवालको स्वरमा रहेको साङ्गीतिक लघु चलचित्र ‘जिउँदा देवता’ सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=MyhEQ9S0qg0

भिडियोमा पछिल्लो समयमा नेपाली समाजमा घटिरहेका समसामयिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ । बरिष्ठ अभिनेता तथा निर्देशक सरोज खनालद्वारा निर्देशित यो साङ्गीतिक लघु चलचित्रमा उत्सव दाहालको छायांकन छ ।

सार्वजनिक भिडियोमा बरिष्ठ अभिनेत्री गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गिर्वाणसिंह थापा र गर्विशा थापालाई फिचर्ड गरिएको छ । भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार