सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालको अध्यक्षमा अधिकारी

काठमाडौं,
असोज २१ ।

सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालको अध्यक्षमा पुनः सङ्गीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित हुनुभएको छ । शनिबार आयोजित समाजको १४ औं साधारण सभाले उहाँलाई एक कार्यकालका लागि पुनः निर्विरोध अध्यक्ष चुनेको हो ।

सभाले समाजको सदस्यहरूमा चन्द्र शर्मा, बि.पाण्डे, प्रमोद ढुंगाना, वसन्त सापकोटा, शिरीष देवकोटा, पिएन सापकोटा, रामु खड्का, सुजन लम्साल, सुवास रेग्मी र प्रसाद लामिछाने छानेको छ । समाजको निर्वाचन संयोजकमा अधिवक्ता समेन्तमणि खराल रहनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार