‘छन्त्याल परे म त’ भन्दै युवराज, सरिता र जया (भिडियोसहित)

काठमाडौं,
भदौ २६ ।

युवराज छन्त्याल युवराज, सरिता र जया छन्त्यालको स्वरमा रहेको गीत ‘छन्त्याल परे म त’ सार्वजनिक भएको छ । युवराजकै शब्द/सङगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सिवन पोखरेलको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा अमृत, कोपिला, मनोहर, कृष्ण, गगाँ, जमुना, लिनिसा र सृजना छन्त्यालको अभिनय छ । अधिनायक मान सेरचनको सम्पादन रहेको भिडियोलाई महेश महराले खिच्नुभएको हो ।

लामो समय यता गीत सङ्गीतमा रहनुभएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर भर्नुभएको छ । त्यस्तै गायिका जयाले पनि दर्जनौं गीतमा स्वर दिनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार