१७औं संस्करणको मिस नेवाः को उपाधि सकिना महर्जनलाई

काठमाडौं,
भदौ ७ ।

सकिना महर्जनले १७औं संस्करणको मिस नेवाः को उपाधि जित्न सफल हुनुभएको छ । नेवार सुन्दरीहरूको प्रतिभामूलक प्रतियोगितामा महर्जनले १७औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को उपाधि जित्न सफल हुनुभएको हो । सकिनाले १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि उचालेकी आफ्नो पोल्टामा पार्न सफल हुुनुभएको हो ।

उहाँले उपाधिसँगै नगद एक लाख रुपैयाँ प्राप्त गर्नुभएको छ । प्रतियोगितामा रिधिसा श्रेष्ठ फर्स्ट रनरअपका साथ मिस पब्लिक च्वाइस र मिनसा महर्जन सेकेन्ड रनरअप हुनुभएको छ । रिधिसा र मिनसाले पुरस्कारवपात क्रमशः २५ र १५ हजार रुपैयाँ नगद प्राप्तका साथ विभिन्न गिफ्ट ह्यापर प्राप्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार