काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा आठ जनाको मृत्यु

काठमाडौं,
भदौ ६ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार अहिलेसम्म आठ जनाको शव निकालिएको छ भने १७ जनाको जीवितै उद्धार गरिएको छ ।

बस दुर्घटनाका घाइते सबैलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले विस्तृत विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

अन्य समाचार