गायक नारायण थापाले मानव सेवा आश्रममा मनाए जन्मदिन

काठमाडौं,
साउन २६ ।

गायक नारायण थापाले आफ्नो जन्मदिन मानव सेवा आश्रम सामाखुशीमा मनाउनुभएको छ । उहाँले त्यहाँ ४० जना अनाथ बालबालिका तथा आमाबुबालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाउनु भएको हो ।

त्यस अवसरमा राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईं, राष्ट्रिय लोक सांस्कृतिक संघका महासचिव योगेन्द्र उपाध्याय तथा गायक थापाको जीवन संगीनी गंगा भण्डारीको उपस्थिति थियो । सानै भए पनि पुण्यकर्म गर्न पाउँदा आफूलाई खुशी लागेको गायक थापाले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार