काठमाडौं,
साउन २३ ।
मेलोडी सुल्तान वरिष्ठ गायक/सङ्गीतकार शिशिर योगीको स्वरमा रहेको गीत ‘सारङ्गी त रेटे पनि’ को भिडियो सार्वजनिक भएको छ । गायक योगीले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सो भिडियो डिजिटल बजारमा ल्याउनुभएको हो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यस गीतमा शक्तिबल्लभको सङ्गीत र शिलाबहादुर मोक्तानको सङ्गीत संयोजन छ भने मिक्सिङ प्रदिप श्रेष्ठले गर्नुभएको छ ।
प्रसिद्ध सिनेम्याटोग्राफर/सम्पादक वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी, सम्पादन र ग्राफिक्समा तयार भएको यस भिडियोमा लोकेश भाटको सहसम्पादन छ ।
वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यस भिडियोमा प्रमुख कलाकारको रुपमा गायक योगीले स्वयम् अभिनय गर्नुभएको छ । अडियो भर्सनमा निकै मन पराइएको यो गीतलाई समयको माग अनुसार भिडियोमा ल्याईएको गायक योगीले बताउनुभयो ।






