डब्बुको ‘जिस्केर मस्केर’मा प्रवण र भारती (भिडियोसहित)

काठमाडौं,
साउन १८ ।

डब्बु क्षत्रीको रचना र दीपक शर्माको संगीत रहेको लोकगीत ‘जिस्केर मस्केर…’ सार्वजनिक भएको छ । सविन सुवेदी र सरिता भारतीको स्वर तथा सविनकै संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सिन्धुलीको कमलाखोँचमा प्रचलित झ्यारे भाकालाई संकलन गरेर यो गीत बनाएको गीतकार क्षत्रीले जानकारी गराउनुभयो । विलक्षण क्रियसन प्रालिले निर्माण गरेको भिडियोमा प्रवण भुसाल र गायिका भारतीलाई फिचरिङ गरिएको छ ।

माधवराज खरेलले निर्देशन गरेको भिडियो ताप्लेजुङ, झापा, मोरङ, उदयपुर र सिन्धुलीमा छायांकन गरिएको हो । तिलक रिजालको छायांकन, विकास राउतको ड्रोन, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन एवं रंग संयोजन छ भिडियोमा ।

यसमा तपाइको मत

अन्य समाचार