राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा विशिष्ठ साधकहरूलाई निवासमै बिशेष सम्मान

काठमाडौं,
असार २४ ।

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले अनवरत रुपमा आ-आफ्नो क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउनुभएका स्रष्टालाई निवासमै पुगेर ‘विशिष्ठ साधक सम्मान २०८०’ प्रदान गरेको छ । विगत तीनदशक भन्दा बढी समयदेखी गीत, सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका लोकगायक तथा नेपालको मौलिक बाजाबादक खड्ग प्रसादगर्वुजा, विशिष्ठ चित्रकार शशिबिक्रम शाह तथा नेपालको पहिलो रङ्गीन चलचित्र कुमारीकी नायिका विशिष्ठ चलचित्रकर्मी चैत्यदेवी सिंहलाई उहाँहरूकै बासस्थानमा पुगेर नगद र सम्मान पत्रसहित सम्मान गरेको हो ।

सो अवसरमा संस्थाका सल्लाहकार वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, समाजसेवी, साहित्यकार नमस्ते लालश्रेष्ठ, चित्रकार ज्योतिप्रकाश साथै सुभम सैजुले यसरी स्रष्टा साधकहरूलाई उहाँहरूकै बास स्थानमा पुगेर सम्मान गर्नुभनेको कला क्षेत्रकै सम्मान हो भन्ने कुरा बताउनुभयो ।

संस्थाले आफ्नो वार्षिकी कार्यक्रम अन्तर्गत यो कार्यक्रम गरेको जनाएको छ । कार्यक्रमका संयोजक संस्थाका अध्यक्ष राजेन्द्र बजगाईं, उपाध्यक्ष उषा उप्रती, महासचिव दीपक शर्मा, कोषाध्यक्ष नारायणबहादुर थापा सदस्यहरू भद्र वली, पुष्कर सुनुवार, मनोज परिवार, बेनिशा पौडेल, प्रतिक्षा काफ्ले, उत्तम अधिकारी, रीता के.सी., सिलन लम्साल, सविन सुबेदी, माईकल चन्द, फोटोग्राफर देवराज आचार्य, गीता पाण्डे र संस्थाका आजिवनसदस्य गोपाल ढकाल (छन्दे) लगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई संस्थाका महासचिव दीपक शर्माले सहजीकरण गर्नुभएको थियो । यस्ता कार्यक्रमहरूलाई निरन्तर गर्दै जाने कुरा संस्थाका अध्यक्ष राजेन्द्र बजगाईले जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार