काठमाडौं,
असार ६
रचना रिमाल र सागर जोशीको स्वर रहेको गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । हिमान्सु रायमाझी गोधुलीको शब्द रचना, कृष्ण पाण्डे कृषको सङ्गीत र रुबिन मगरको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
उत्तम श्रेष्ठ शिशिरको निर्देशन र राहुल बराईलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समारिका ढकाल र विकास सुबेदीलाई फिचरिङ गरिएको छ । मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा बिनोद बमको सम्पादन छ । भिडियोमा शृङ्गारको जिम्मा कविता टोलाङीले लिनुभएको छ ।






