लिम्बूवानको दस्तावेज तेस्रो संस्करण प्रकाशित

काठमाडौं,
जेठ २३ ।

मदन पुरस्कार विजेता इतिहासकार भगिराज इङनामको कृति ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’को तेस्रो संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले यो कृतिको दोस्रो र तेस्रो संस्करण प्रकाशित गरेको हो । यो कृतिले २०७७ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

आफ्नो कृतिको तेस्रो संस्करण प्रकाशित भएकोमा आफू हर्षित र उत्साहित भएको इतिहासकार इङ्नामले बताउनुभयो । उहाँले अहिले पनि आफू लिम्बूवानका खोज्न बाँकी कैयौँ दस्तावेजहरूको खोजीमा ब्यस्त भएको बताउनुभयो । उहाँले हालः आफूले पाँचसय जति थप दस्तावेजहरू सङ्कलनगरी तिनीहरूमाथि अध्ययन गरिरहेको पनि जानकारी दिनुभयो ।

इङ्नामको यसअघि ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ र ‘लिम्बू जातिको इतिहास’ प्रकाशित छन् । नेपाल सरकारका अवकास प्राप्त सहसचिव उहाँ हाल लिम्बूवान अध्ययन केन्द्र संस्थासँग सम्वद्ध छन् ।

यसमा तपाइको मत

अन्य समाचार