✍️ हरि उप्रेती
काठमाडौं,
जेठ ११ ।
रगत सबैको रातो हुन्छ हात काटेर थाहा पाएँ
रापले कहाँ प्यास मेटिन्छ घाम तापेर थाहा पाएँ
पराईहरू नै यहाँ आफन्त भएर सधै बाँचेका छन्
आफ्नाहरूले नै पलपल यो दिल तोडेर थाहा पाएँ
औंसीको रातमा आकाशमा जून कहाँ छाउँछ र ?
अरूलाई नै उज्यालो दिन आफु जलेर थाहा पाएँ
प्रतिष्ठा गुमाएर बाँच्नु भन्दा यहाँ मर्नु नै बेस हुन्छ
आफ्ना कै इज्जत बचाउँन आफै मरेर थाहा पाएँ
सुख त यहाँ क्षणभरका लागि मात्र आउँछ भन्छन
खुशी के हो, जीवनमा कयौं दुख भोगेर थाहा पाएँ ।।






