आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं,
माघ २९ ।

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे उक्त बैठक सुरु हुँदैछ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजका लागि तोकिएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९र८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनुहुने छ ।

यसमा तपाइको मत

अन्य समाचार