राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित

दाङ,
माघ २५ ।

राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित हुनुभएको हो । उहाँ नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित हुनुभएको हो ।

दसौंदीले चार हजार २६ मतभार प्राप्त गर्नुभयो भने कांग्रेसका आचार्यले तीन हजार ७२० र नाउपाका रायले १९२ मतभार पाउनुभयो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको एक सिटमा बुधबार उपनिर्वाचन भएको थियो । मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुखरउपप्रमुख २१७ जनाले मतदान गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार