काठमाडौं,
माघ २२ ।
नेपाली कांग्रेस नेता उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग कार्यालयमा निवेदन दिनु भएको छ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि दोस्रो हुनु भएका कांग्रेसका श्रेष्ठले स्वतः घोषणा गर्नुपर्ने मागसहित आयोगमा निवेदन दिन आइतबार बिहान साढे ११ बजे पुग्नु भएको हो ।
तत्कालीन सत्ता गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवार हुनु भएका श्रेष्ठ ३४ हजार बढी मतले लामिछानेसँग पराजित हुनु भएको थियो । लामिछानेले ४९ हजार ३ सय मत ल्याउनु भएको थियो भने श्रेष्ठले १४ हजार ९ सय ८८ मत ल्याएर दोस्रो हुनुभएको थियो ।






