किरण अधिकारी
काठमाडौं,
माघ ४ ।
नेपाली गीतसङगीतमा सदाबाहर गायकको नामले स्थापित हुनुहुन्छ हरि कर्माचार्य । उहाँले २५ वर्षअघि गाएका गीत आज पनि त्यतिकै लोकप्रिय छन् । कर्माचार्य गायनमा जति लोकप्रिय हुनुहुन्छ गीत लेखन र सङगीतमा पनि अब्बल हुनुहुन्छ ।
काभ्रेपलाञ्चोकमा विसं २०३२ सालमा जन्मनुभएका कर्माचार्य देशभरमा हुने थुप्रै मेला महोत्सवमा आफ्ना प्रस्तुतिमार्फत श्रोता/दर्शकको प्रशंसा बटुल्न सफल हुनुभएको छ भने गीतसङ्गीतकै शिलशिलामा थाइल्याण्ड, हङ्कङ, कतार, भारतलगायत देशहरूमा पुगेर आफ्नो प्रस्तुति दिनुभएको छ । उहाँ केही समय पहिला अमेरिकाको भ्रमणमा पनि रहनुभएको थियो ।
राष्ट्रिय काभ्रेली कलाकार संघको अध्यक्ष, नेपाल सांस्कृतिक संघको केन्द्रीय सहमाहामन्त्री, काभ्रे उद्योग वाणिज्य संघको सहसचिव, बनेपा ब्वाइज कल्बको उपाध्यक्ष रहेर सामाजिक कार्यमा पनि आफूलाई त्यतिकै संलग्न गराउँदै आउनुभएको हरिले ।
सानै उमेरदेखि गीत सङ्गीतमा रुचि राख्ने कर्माचार्य २०४६ सालदेखि औपचारिक रूपमा सङ्गीतको शिक्षा लिएर यो क्षेत्रमा आउनुभएको हो । उहाँको पहिलो साङ्गीतिक कोशेली ‘हृदय भरी’ बजारमा आएको थियो । कर्माचार्यले सार्वजनिक गर्नुभएको उक्त एल्बम काभ्रे जिल्लाकै पहिलो गीति एल्बम रहेको बताइन्छ । २०५४ सालमा ‘ग्लुमी गाईज’सँग आबद्ध भई उहाँको रचना सङ्गीत र स्वरमा रहेको ‘आकाशैमा चिल उड्यो फनन’ बोलको गीत बजारमा आयो । यो गीत सार्वजनिक भएदेखि नै देश तथा विदेशमा उत्तिकै रुचाएको छ । यस्तै उहाँको स्वरमा रहेको गीत ‘हेर्न देऊ तिम्रो मुहार’ त्यतिकै रुचाइएको छ । त्यस्तै ‘टाटा गाडीमा’, ‘दार्जिलिङको रेल’, ‘हल्ला मच्चियो’, ‘ज्यानमारा जोवन’, ‘टाटा वाइवाई’, ‘आउने भए आउ माया’, ‘ओठको मुस्कान’ लगायत थुप्रै लोकप्रिय गीत उहाँका श्रोता÷दर्शकमाझ लोकप्रिय छन् । यसैगरी उहाँले १५ वर्षअगाडि गाउनुभएको गीत ‘पिरतीको तालमा’, ‘मायाको डोरीले’ जस्ता गीत अहिलेसम्म सर्वाधिक रुचाइनेमा पदर्छन् ।
उहाँको ‘आकसैमा चिल उडयो फनन्’, आएको २५ वर्ष भयो आज पनि यो गीत सर्वाधिक लोकप्रिय छ । त्यस्तै २१ वर्षअघि आएको ‘हेर्न देऊ तिम्रो मुहार’, १५ वर्षअघि आएको ‘यसपालि त ज्यान जाला छोडदिन’, यस्तै १५ वर्षअघि नै आएको ‘पिरतीको तालमा फूल फुल्यो कमला’ आज पनि त्यतिकै लोकप्रिय छन् ।
राष्ट्रिय काभ्रेली कलाकार संघको अध्यक्ष, नेपाल सांस्कृतिक संघको केन्द्रीय सहमाहामन्त्री, काभ्रे उद्योग वाणिज्य संघको सहसचिव, बनेपा ब्वाइज कल्बको उपाध्यक्ष रहेर सामाजिक कार्यमा पनि आफूलाई त्यतिकै संलग्न गराउँदै आउनुभएका कर्माचार्य नेपाली गीतसंगीतको श्रीवृद्धि नै आफ्नो हरपलको चाहना रहेको बताउनुहुन्छ । उहाँकै शब्द, संगीत र स्वरमा ‘यो हो हाम्रो नेपाल’, ‘एउटा प्रश्न’ छिट्टै श्रोता/दर्शकमाझ ल्याउन लाग्नुभएको कर्माचार्यको स्वरमा ‘पिरतीको बाटो श्रोता/दर्शकमाझ आउँदै छ ।






