✍️ डा. डी.आर. उपाध्याय खनाल
काठमाडौं,
पुस २९ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई विपक्षमा रहेको नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । नेपालको राजनीति फेरि सहकार्यको बाटोमा जान लागेको त होइन भन्ने प्रश्न पनि उठने गरेका छन् । संवाद, सहमती र सहकार्य आजको आबश्यकता पनि हो । देश बनाउने भनेको सबै मिलेर हो एक्लै देश बनाउन सकिदैन । मुलुकलाई नयाँ युगमा प्रवेश गराउन सबै राजनीतिक दलहरू मिलेर जानुपर्छ । इतिहासमा संवाद, सहमती र सहकार्यको राजनीतिले ठूला ठूला उपलब्धिहरू हासिल भएका छन् । इतिहास बाट पाठ सिकेर दलहरू अघि बढदा राम्रै हुन्छ । नेपाली राजनीति सहमति, सहकार्यको बाटोमा अगाडि बढ्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री प्रचण्डमाथि संसद्मा देखिएको भारी विश्वासको मत यसको आधार हो । देशको समग्र विकास र सुशासन आजको आबश्यकता हो । अब मुलुकले नयाँ मार्गचित्र कोर्न सक्नुपर्छ । नेपाली राजनीतिमा नयाँ आयाम थपिएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई प्रतिपक्षसमेतले विश्वासको मत दिनु भनेको देश नयाँ यात्रामा अघि बढनु हो ।
जे होस नेपाली जनता यस कुरामा खुशी नै छन । नेपाली राजनीतिमा कति खेर के हुन्छ कसैले अनुमान लगाउन सक्दैन । राजनीति घटनाक्रम पछि मात्र थाहा हुन्छ । वर्तमान सरकारले लगभग सबै राजनीतिक दल तथा सांसदहरूको पूर्ण विश्वास पाएको छ । यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सकेमा धेरै राम्रो हुने थियो । यो सरकार सामु अवसर पनि आएको छ, चुनौति मात्र देखनु हुँदैन । नयाँ सरकारप्रति सबैको बिश्वास देखिएको छ । तर काम गदै जादा के हुन्छ त्यो हेर्न बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिको राजनीतिलाई अगाडि बढाउने बताउँदै आउनुभएको छ । नेपालको राजनीति सहकार्यबाट अगाडि बढ्ने वातावरण अब तयार भएको छ । मुलुकमा ठूला राजनीतिक परिवर्तन सहमती र सहकार्यबाट आएका हुन ।
कांग्रेसले बर्तमान सरकारलाई विश्वासको मत दिनु भनेको सहकार्यको राजनीतिमा जोड दिनु हो । संविधानको पूर्ण रक्षा आजको आबश्यकता हो । विश्वासको मतले राम्रो सन्देश दिएको छ । सरकारको कामकारबाहीका गुण र दोषका आधारमा समर्थन र विरोधको नीति निर्धारण गर्ने कांग्रेसको भनाइ छ । कांग्रेसको यस कदमले नेपालको संसदीय राजनीतिमा राम्रो सन्देश दिएको छ । यो सरकारले सबै नेपाली जनताको भलाई सोचेर अघि बढनुपर्छ । विशेषगरी प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दा संसद्मा गर्नुभएका प्रतिबद्धता कार्यान्वयन गरेर जानुपर्छ । सरकारसँग आमनेपाली जनताको ठूलो आशा तथा भरोसा छ । मुलुकको समृद्धिको दिशामा सरकार प्रतिबद्ध र क्रियाशील भएर अघि बढनुपर्छ ।






