‘फूलैफूल दिन्छौ कि’को फिमेल भर्सन सार्वजनिक

काठमाडौं,
पुस २२ ।

‘फूलैफूल दिन्छौ कि’को फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । शिव परियारको स्वरमा रहेको रिमेक गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिनुभएको छ ।

आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले सङ्गीत भर्नुभएको छ । बिकास प्रसाईंको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुंगानाको अभिनय छ ।

राग स्टुडियोमा तयार पारिएको गीतमा सुशिला पाठक प्रोडक्सन हेड, जितु तामाङको कलर, अजित आले र सञ्जय ढुंगाना एसोसियट निर्देशक, जितु तामाङको छायांकन, सगुन तामाङको आर्ट रहेको छ । भिडियोलाई निर्देशक प्रसाईले सम्पादन गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार