जीवनको ‘हिँड्दा हिँड्दै’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुस १५ ।

गीतकार जीवन मुकारुङको नयाँ गीत ‘हिँड्दा हिँड्दै’ सार्वजनिक भएको छ । भोइस अफ नेपाल सिजन ४ को नकआउट राउडसम्म पुग्नुभएका गायक मुस्कान मुकारुङको स्वर, कमल रसाइलीको सङ्गीत, रिकेश गुरुङको सङ्गीतसंयोजन, मुस्कान राईको मिक्सिङ तथा मास्टरिङ, बाँसुरीमा नगेन्द्र राई र मादलमा भुवन गन्दर्भ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ज्वाला राईको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोमा अनुषा राई र मुस्कान मुकारुङ राईको मुख्य भूमिका रहेको छ भने खगेन्द्र राई, विश्व तामाङ, पूजा तामाङ र रेनुका लामाले अभिनयमा साथ दिनुभएको छ ।

माया मगरले निर्माण गरेको गीतको भिडियोलाई फरज अर्पणले छायांकन गर्नुभएको हो । सार्वजनिक गीतको भिडियोको श्रीङ्गारमा छिरिङमा शेर्पा, लाइटमा हर्क पहाडी, यातायातमा सरण कुमार तामा रहनुभएको छ ।

सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङद्वारा रेकर्ड गरिएको सार्वजनिक गीतको भिडियो मुस्कान राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार