मेलिना र बिन्तीको स्वरमा ‘अमिलो कागती’ (भिडियोसहित)

काठमाडौं,
पुस ११ ।

गायिका मेलिना राई र गायक बिन्तीकुमार गुरूङको स्वरमा रहेको गीत ‘अमिलो कागती’ सार्वजनिक भएको छ । गीतकार तथा सङगीतकार दीपक शर्माको शब्द तथा सङगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

छायांकन बुद्ध थापा तथा सम्पादन विष्णु खड्काको रहेको गीतको भिडियोमा रायन कार्कीको निर्देशन छ । भिडियोले एक प्रेमील जोडीको प्रेम र रोमान्सका रमाइला किस्साहरूसहित प्रेममा परेपछि मानिस कति खुशी हुन्छ भन्ने कुरालाई देखाएको छ ।

भिडियोमा उषा उप्रेती र मनोज गुरूङको अभिनय देख्न सकिन्छ । भिडियो ‘होई मेरो संसार’, ‘चु सैं ङल’, लगायतका गीतबाट चर्चा कमाउनुभएका गायक बिन्ती कुमारकै अफिसियल च्यानल ज्यासमिन क्रियसनमार्फत बजारमा आएको हो । बिन्ती कुमार अमेरिकामा रहेर गायन क्षेत्रमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार