रिताका पाँच गीतका भिडियो सार्वजनिक

काठमाडौं,
पुस १० ।

रिता महर्जनद्वारा सङ्गीतबद्ध पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतहरूको रचना भाषासेवी, समाजसेवी सुनचाँदी व्यवसायी निरञ्जनरत्न शाक्यले गर्नुभएको हो । सार्वजनिक गरिएको पाँच वटै म्युजिक भिडियोको निर्देशन नेपालभाषाको म्युजिक भिडियो र चलचित्र क्षेत्रका नाम चलेका निर्देशक रामकृष्ण खड्गीले गर्नुभएको हो ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथी साहित्यकार एवम् नेपालभाषा एकेडेमीका भाइस चान्सलर मल्ल के सुन्दरले पानसमा दीप प्रज्वलनगरी गर्नुभएको हो ।

पाँच गीत मध्ये चार वटा गीत सङ्गीतकार स्वयं रिता महर्जनले गाउनुभएको छ भने एक गीतमा वरिष्ठ गायक योगेश वैद्यले र अर्को एक गीतमा भुपेन्द्र बज्राचार्यले गायिका रिता महर्जनलाई साथ दिनुभएको छ । यस्तै एउटा गीत भने लोकप्रिय गायिका संगीता शाक्य थापाले गाउनु भएको छ ।

निर्देशक रामकृष्ण खड्गीको निर्देशनमा तयार भएको पाँचवटा म्युजिक भिडियोया सम्पादन बालकृष्ण बंशीले गर्नुभएको भएको छ मेकप उमिशा पाण्डेले गर्नुभएको छ । सार्वजनिक गरिएको पाँच भिडियो मध्ये तीनवटा रकि महर्जन र दुई वटा लुजः सिंहले छायाँकन गर्नुभएको हो ।

सार्वजनिक भएका गीतका भिडियोहरूमा अयला अयला, जिन्दगी होशय् मदया, हुलय् न याकःचा, योम्ह छ येकुम्ह छ व वइबले छ रहेका छन् । म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी मल्ल के सुन्दरले रचनाकार निरन्जन रत्न शाक्यको साहित्यिक र सांस्कृतिक योगदान बारे चर्चा गर्नुहुँदै उहाँ सुनचाँदी व्यवसायी मात्र नभइ उदार हृदय भएका साहित्यिक व्यक्तित्व भएको बताउनुभयो ।

यस्तै विशेष अतिथी नेपालभाषाको म्युजिक भिडियो क्षेत्रका अग्रज विजय रत्न असंबरेले नेवाः म्युजिक भिडियो क्षेत्रको विकासक्रम बारे प्रकाश पार्नुहुँदै यो क्षेत्रमा रामकृष्ण खडगीको सकृयता को प्रशंसा गर्नुभयो । समारोहमा लोकप्रिय एवम् वरिष्ठ गायक जुजुकाजि रन्जितले नेपालभाषाको सङ्गीत क्षेत्रको विस्तृत हुँदै गइरहेकोले खुशी व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार