काठमाडौं,
पुस ३ ।
१५० देशका राष्ट्रगान गाउँन सक्ने विश्व राष्ट्रगान यात्री रामजी नेपाली नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विश्व कप २०२२ को अफिसियल गीत ‘हाया हाया बेटर टुगेदर…’ गाउनुभएको छ । उक्त गीतमा गायिका कामना क्षेत्रीले रामजीलाई स्वरमा साथ दिनुभएको छ । गीतको निर्माण सामाजिक युवा अभियन्ता होमलाल पुनले गर्नुभएको हो ।
विश्व राष्ट्रगान यात्री रामजी नेपाल र नेपालीको पहिचान विश्व भर फैलाउने उद्देश्य बोकेर विश्व यात्रामा निस्कनुभएको छ । कामना नेपाली गीतसंगीत क्षेत्रको उदयीमान गायिका हुनुहुन्छ । ‘अंग्रेजी गीत गाउन एक्सेन्ट, टोन, टेक्निक सबै कुरा चाहिन्छ, जुन कुरा मैले गायिका कामना क्षेत्रीमा पाएँ, त्यसैले मेरो दायित्व बोध भएर वल्र्ड कप २०२२ को अफिसियल गीत ‘हाया हाया बेटर टुगेदर’ मा उहाँलाई डेब्यु गराए’, रामजी बताउनुहुन्छ ।
रामजीकै संगीत संयोजन रहेको यस कभर गीतको रेकर्डिस्ट साहिल हुनुहन्छ भने मिक्सिङ सन्तोस पौडेलको रहेको छ । रामजीकै निर्देशन रहेको गीतको भिडियोमा क्यामरामा टिका क्षेत्री ‘प्रकृति’ सम्पादनमा विवेक विक रहनुभएको छ । कतारमा गएर गीत सुनाउने योजनासहित यो गीत तयार पार्नुभएका रामजी हाल दुबईमा हुनुहुन्छ । उहाँका केही दिन पहिला दुबई जानुभएको हो ।






