चिरायु नेशनल अस्पतालको वार्षिकोत्सव सम्पन्न

काठमाडौं,
मंसिर २३ ।

वसुन्धरास्थित चिरायु नेशनल अस्पतालले विविध मनोञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथ बिहीबार नवौँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा अस्पतालले उत्कृष्ट कर्मचारीलाई सम्मानसमेत गरेको थियो ।

अस्पतालका बिजनेस डेभलपमेन्ट डिपार्टमेन्टका म्यानेजर हिमालबहादुर रानालाई ‘एचओडी अफ द इयर’, आइटी विभागका वसन्त खनाललाई ‘पर्फमेन्स अफ द इयर’ हाउस किपिङ विभागका लक्ष्मी थारुलाई ‘इम्प्लोइ अफ द इयर’ उपाधिसहित सम्मान गरिएको थियो । अस्पतालका अध्यक्ष हेमबहादुर गुरुङले सम्मान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा अस्पतालका निर्देशक सञ्जीव राजभण्डारी, अप्रेसन डाइरेक्टर चण्डेश्वरानन्द राज वैद्य, हाउस किपिङ विभागका लोकनाथ रेग्मी, कलाकार निर्मल शर्मालगायत विभिन्न सङ्गीतकर्मीहरूको वाक्लो उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार