हिमाल सागर र अनु चौधरीको स्वरमा ‘ए होर माया…’ (भिडियोसहित)

काठमाडौं,
मंसिर १० ।
हिमाल सागर र अनु चौधरीको स्वरमा रहेको गीत ‘ए होर माया…’ सार्वजनिक भएको छ । विमल अधिकारीको शब्द, विमलकै सङ्गीत, कमल सौरागको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा विमल अधिकारीसँगै सनिशा भट्टराईको अभिनय छ ।

राजेश घिमिरेको छायाँकन रहेको गीतको भिडियोमा विकाश ज्ञवालीको सम्पादन छ । लोक पप शैलीको यो गीतको भिडियोलाई भावना म्युजिक सेलुसन युट््युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार