अभिनेता रामचन्द्र अधिकारी छिट्टै डिस्चार्ज हुँदै

काठमाडौं,
कात्तिक ४ ।

चरित्र अभिनेता रामचन्द्र अधिकारीको स्वास्थ्य राम्रो रहेको र छिट्टै डिस्चार्ज हुने बताइएको छ । निमोनियाका कारण काठमाडौंको मेडिकेयर अस्पतालमा उपचाररत अधिकारीको स्वास्थ्यमा सुधार आएकाले उहाँलाई छिट्टै डिस्चार्ज गर्ने अस्पतालले जनाएको परिवारलाई उदृत गर्दै नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष एवम् प्रवक्ता मोहन निरौलाले जानकारी दिनुभयो ।

निरौलाले अधिकारीको सम्बन्धमा सामाजिक सञ्जालमा नेपाल आएको समाचारप्रती संघको गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाउनुभएको छ । बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै निरौलाले भन्नुभएको छ, ‘चलचित्र कलाकार संघका सदस्य चरित्र अभिनेता श्री रामचन्द्र अधिकारीको सम्वन्धमा सामाजिक सञ्जालमा आएको समाचार प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । श्री रामचन्द्र अधिकारी केही दिन अगाडी देखिनिमोनियाको कारणवाट मेडिकेयर अस्पतालमा उपचार गराइरहनु भएको छ । संघका कावा अध्यक्ष सानुकुमार ताम्राकार तथा कार्यकारिणी सदस्यहरूले उहाँलाइ वारवार भेट गरिहनु भएको छ । श्री अधिकारीलाइ दुई दिनपछि डिस्चार्ज गरिने कुरा उहाँको परिवारले वताउनु भएको छ । नेपाल चलचित्र कलाकार संघ अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । अधिकारीको सम्वन्धमा आएको भ्रामक कपोलकल्पित र अतिरञ्जित समाचार प्रति संघ खेद ब्यक्त गर्दछ । यस प्रकारका समाचारमा कुनै विश्वासनियता र आधार नभएकाले आम जनमानसलाई भ्रममा नपर्न पनि हामी विनम्र अनुरोध गर्दछौ ।’

यसमा तपाइको मत

अन्य समाचार