सहारा एपको राइडर र सेवाग्राहीलक्षित चाडपर्व अफर

काठमाडौं,
असोज ९ ।

राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनिले ल्याएको अफरमा इलेक्ट्री स्कुटर, फ्रिज, स्मार्ट फोन, फाइक्रोओभन, हिटर, वारिङ मेसिनसम्म रहेका छन् । त्यसका साथै नगद उपहार पनि जित्न सकिने छ ।

जति धेरै सहाराको राइड लिन सक्यो त्यति नै जित्ने मौका बढि रहने कम्पनिले जनाएको छ । सबै उपहारहरू छठ पर्व पछि प्रदान गरिने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार पहिलो, दोस्रो र तेस्रो गरेर उपहार प्रदान गरिनेछ । यसका साथै अन्य आकर्षक गिफ्टहरू पनि रहेको कम्पनिले जनाएको छ । यो अफर योजना अवधि छठसम्म रहेको कम्पनीले जनाएको छ । साथै अहिले कम्पनीले निःशुल्क राइडर दर्ता अफर पनि सञ्चालनमा ल्याएको छ । यसबाट नयाँ राइडरले फाइदा लिन सक्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नेपालमा सन् २०१९ देखि राइड सेयरिङ सेवा सुरु गरेको सहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ विशाल जीसीले जनाउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार