‘महापुरुष’को ‘बेमौसमी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असोज ४ ।

चलचित्र ‘महापुरुष’को ‘बेमौसमी’ गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच निर्माण पक्षले चलचित्रको गीत सार्वजनिक गरेको हो ।

‘बेमौसमी’ बोलको गीतमा राम अविरल विष्टको शब्दरचना रहेको छ । सङ्गीत र स्वर एसडी योगी र रेस्मा पुनको छ ।

प्रेमिल गीतले युवायुवतीबीचको प्रेमभावलाई समेटेको छ । विवेक रसाइलीले निर्देशन गरेको गीतको भिडियोमा हरिबंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइलीलगायत लाई फिचरिङ गरिएको छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइलीलगायतको अभिनय रहेको छ । चलचित्र कात्तिक ११ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै छ ।

यसमा तपाइको मत

अन्य समाचार