नयाँ भर्सनमा बाबु बोगटीको ‘सान्नानी’ (भिडियोसहित)

काठमाडौं,
असोज २ ।

गायक बाबु बोगटीले ‘सान्नानी’को रिमेक भर्सन ल्याउनुभएको छ । झण्डै दुई दशकपछि गायक बोगटीले सुपरहिट गीतको सान्नानीको नयाँ कलाकारसहित नयाँ भर्सन ल्याउनुभएको हो ।

गीतको भिडियोमा बाबुसँगै पुष्प खड्का, प्रिज्मा प्रिन्सी खतिवडा फिचर्ड हुनुहुन्छ । सान्नानी २ मा भने नायिका नन्दिता केसी ब्याक हुने भिडियोमा उल्लेख छ । प्रहिल कार्कीको निर्देशन रहेको गीतमा सुरेन बसेलको कोरियोग्राफी छ ।

उत्तम हुँमागाईंको छायाँकन रहेको भिडियोमा माधब बेल्वासेको सम्पादन छ ।
आइतबार प्रेसमिट गर्दै सान्नानीको नयाँ भर्सन सार्वजनिक गरिएको हो ।

प्रेसमिटमा निर्माण पक्षले स्व. निर्देशक आलोक नेम्बाङलाई सम्झिनुभयो । सान्नानीको ओर्जिनल भिडियोको निर्देशन स्व. निर्देशक नेम्वाङले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार