काठमाडौं,
असोज १ ।
युवराज चौलागाईं र अनुष्का पाठकको स्वरमा रहेको गीत ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ । पाठकद्वारानै रचना गरिएको, चौलागाईंले सङ्गीतबद्ध र रिकेश गुरुङको सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://www.youtube.com/watch?v=y6vRBqTciCg
जि ट्वान्टिवन डिजिटल यूट्युबमार्फत सार्वजनिक भएको उक्त गीतको भिडियोमा गायक चौलागाईं तथा गायिका पाठकले नै अभिनय गर्नुभएको छ । गीतका भिडियो आकर्षक बनेको छ ।
शान थापाद्वारा निर्देशित भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन र राजिव समरको कोरियोग्राफी छ ।






