‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’को उपाधि मिलेनियम तण्डुकारलाई

काठमडौं,
भदौ २७ ।

काठमाडौंका २२ वर्षीय मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ उपाधि जित्नुभएको छ । भक्तपुरको राधे राधेस्थित हेरिटेज गार्डेनमा शनिवार आयोजित ग्राण्ड फिनालेमा ५ फिट ११ ईञ्च शारीरिक उचाइ भएका मोडल तण्डुकारले आफ्नो २१ जना प्रतिस्पर्धिलाई पछाडि पार्दै उपाधि हात पार्नुभएको हो ।

विजेता तण्डुकारले यो उपलब्धिसँगै यही नोभेम्बर ३ देखि ७ सम्म थाईल्याण्डको बैंककमा आयोजना हुने मिस्टर मोडल अफ द वर्ल्ड–२०२२ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशका उत्कृष्ट मोडलहरूको सहभागिता हुने जनाइएको छ ।

प्रतियोगितामा तण्डुकारले मिस्टर पब्लिक च्वाईसको टाइटल अवार्डसमेत जित्नुभएको थियो । फेसन मोडलको रुपमा सक्रिय तण्डुकार स्नातक तह तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गनुृभएका मोडल तथा अभिनेता डा. दिक्पाल कार्कीले मोडल अफ द वर्ल्ड २०१८ को उपाधि नै जित्न सफल हुनुभएको थियो । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

प्याजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको पुरुष मोडलहरूको यो प्रतियोगितामा आभिनेष श्रेष्ठले फर्स्ट रनर्सअप तथा आकाश महर्जनले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल हुनुभएको छ । प्रतियोगितामा सफल न्यौपाने तथा धिरज बोगटीले क्रमशः थर्ड रनर्सअप तथा फोर्थ रनर्सअपको उपाधि जित्न सफल हुनुभयो ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धिहरूलाई विभिन्न उपाधिद्वारा पुरस्कृत गरिएको थियो । ती मध्ये सुलक्स चापागाईंले एड्भोकेसी एम्बासडर तथा कमलकुमार चौधरीले यूथ एम्बासडरको उपाधि हात पार्नुभएको थियो ।
शीर्ष उपाधितर्फ मनिष पासवानले मिस्टर मल्टिमिडिया, आभिनेष श्रेष्ठले मिस्टर फिजिक्स, अंकित प्रताप सिंहले मिस्टर फोटोजेनिक तथा सफल न्यौपानेले अनलाइन भोटिङ स्टारको उपाधि जित्न हनुभयो ।

प्रतियोगिताको निर्णायकमा मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धर, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, टेलिभिजनकर्मी बिना श्रेष्ठ, भारतको नन्दनी हर्बलका प्रवन्ध निर्देशक हितेश लिम्बानी, म्यानहन्ड इन्टरनेशनल नेपाल २०१२ सनिश शाक्य, अभिनेता एसराज गराच, फेसन कोरियोग्राफर हिमानी सुब्बा, फेसन डिजाइनर रोबिन परियार, फेसन डिजाइनर ज्वालाराज पोखरेल, फेसन डिजाइनर सुक्निता चौलागाईं, मेकअप आर्टिष्ट शैलजा शाह, हेयर स्टाइलिष्ट सोनु कर्ण तथा मिसेस आइकन भक्तपुर २०२१ सोनिया झ्याखो रहनुभएको थियो । प्रतियोगितालाई एन प्लस प्रोफेसनलले टाइटल प्रायोजन गरेको थियो ।

मिस्टर मोडल अफ द वर्ल्ड नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की हुनुहुन्छ भने क्रियटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी रहनुभएको छ । म्यानेजिङ डाइरेक्टर आशिष नापित रहनुभएको छ भने इभेन्ट म्यानेजर राजन बुढाथोकी रहनुभएको छ ।

यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेश्रो संस्करण हुन लागेको हो । कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।

यसमा तपाइको मत

अन्य समाचार