भायानेटको दशैँ अफर

काठमाडौं,
भदौ २७ ।

इन्टरनेट प्रदायक कम्पनी भायानेटले दशैँमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा-फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् । दशैं भायानेटको अल्ट्रा-फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान ९९९ प्रति महिनामा पाउन सकिन्छ ।

यो प्याकेजमा आउने डुअल ब्यान्ड ओएनयु सँगै अब ग्राहकहरूले नोकियाको बीकन १-१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन् ।

यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ । ग्राहकले मेस राउटर लिनका लागि चार हजार र एमआई ४.ए राउटरको लागि १५०० डिपोजिट गर्नु पर्नेछ । साथै भायानेटले वार्षिक सदस्यतामा १५० रुपैयामा प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ ।

यसमा तपाइको मत

अन्य समाचार