राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर जिल्लाका पार्टी कार्यकर्ता प्रशिक्षण

ललितपुर,
भदौ २५ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर जिल्लाका पार्टी कार्यकर्ता प्रशिक्षण दिएको छ । शुक्रबार भएको उक्त प्रशिक्षण कार्यक्रममा पार्टीक जिल्ला अध्यक्ष अष्टबहादुर महर्जनले प्रमुख अतिथि लगायत सम्पूर्ण शिक्षार्थीहरू लाई स्वागत गर्नु भएको थियो ।
प्रशिक्षणको बन्दसत्रमा नेपालमा सनातन हिन्दू राष्ट्र, राजसंस्थाको अपरिहार्यता र संघियताको खारेजी र राजसंस्थाको अपरिहार्यता सम्बन्धमा केन्द्रीय सदस्य तथा प्रबास बिभाग प्रमुख आनन्द अधिकारीले प्रस्तुतीकरण गर्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर जिल्लाका सचिव तथा अवकाश प्राप्त महासेनानी रघुबरराज थापाले कार्यक्रमको सञ्चालन तथा समन्वय गर्नुभएको र उहाँले नेपालमा भ्रष्टाचार, रोकथाम र राप्रपाले उठाएको आवाज र नेपाल इकिकरणमा शाह बंशको योगदान सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

हिन्दस् राष्ट्र को पुनर्स्थापना तथा धर्म माथिको प्रहार र त्यसको दुष्परिणाम बिषयमा केन्द्रीय सदश्य तथा हिन्दू जागरण अभियन्ता अभिषेक जोशीको प्रस्तुतिले कार्यक्रम रोचक बन्नुका साथै केन्द्रीय सदस्य निरन्जन थापाले राप्रपाको मूल सिद्दान्त, वैचारिक दर्शन, भाबी कार्य योजना र सांगठानिक स्वरुप बारेमा प्रशिक्षण दिनुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री तथा केन्द्रीय सदस्य प्रकाश रिमालले राजसंस्थाको मुद्दा र राप्रपाको धारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अन्तिम प्रस्तुति केन्द्रीय सदस्य तथा केन्द्रीय प्रशिक्षण बिभाग सदस्य खुश्बु ओलीले आगामी निर्बाचनमा पार्टीको सामरिक योजना बारे बताउनुभएको थियो ।

ललितपुर जिल्लाका पार्टी कार्यकर्ता प्रशिक्षणमा पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्ग्देनले राप्रपाको आगामी निर्बाचनमा कसरी अघि बढ्ने बारेमा निर्देशन दिनुभएको थियो । कार्यकर्ता प्रशिक्षणको लागि जिल्लाका प्रमुख नेताहरूलगायत २५० जनाको सहभागिता थियो। पार्टीका केन्द्रीय सदस्य तथा भुतपुर्ब मन्त्रि बिक्रम थापा, सनातन धर्म सेवाका अध्यक्ष तथा केन्द्रीय सदस्य पुष्पराज पुरुष, केन्द्रीय सदस्य तथा संगठन बिभाग सदस्य बिनोद खड्का तथा ललितपुरका बरिष्ठ राजनीतिज्ञ रामहरी थापाले बर्तमान सन्दर्भ र राप्रपाको धारणामा आ–आफ्ना विचार राख्नुभएको थियो । महालक्ष्मी न पा २ को बगैचा पार्टी प्यालेश मा सञ्चाल्लित उक्त कार्यक्रमको अन्त्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रोशना कार्कीले सहभागीहरूलाइ प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार