✍️ मोहन निरौला
काठमाडौं,
भदौ १८ ।
थाहै नदिई
मेरो मनको मझोरीमा
कतिखेर हो कुन्नी
सुटुक्क आई बसेछौ ।
अस्ताउन लागेको सूर्यलाई
अर्घ दिएर
के खोजेकी हौ कुन्नी
आफू लाई पनि रूझाएछौ ।
नयनबाट पस्यौ की
अधरबाट उध्रियौ
उषाको श्रृजना गर्न लाग्यौ की
गोधुलीको अघोर उत्पत्ति ।
भनन ए… निष्ठूरी
के को उन्मातमा परेर गर्यौ बिपत्ती ।।






