काठमाडौं,
भदौ १६ ।
प्रिमिएरमा चलचित्र ‘झिँगेदाउ’ले राम्रो प्रतिक्रिया पाएको छ । यही शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘झिँगेदाउ’ बुधबार कमलपोखरीस्थित बिस मुभिजमा प्रिएिर गरिएको थियो ।
प्रिमिएरमा कतिपयले चलचित्रको मेकिङ मनपरेको बताए, भने कतिले कलाकारको अभिनयको तारिफ गरे । प्रिमिएरमा चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, कलाकार केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाललगायत आकर्षणको केन्द्र बन्नुभएको थियो ।
चलचित्रको प्रिमिएर हेर्न चलचित्र बिकाश बोडका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, मिथिला शर्मा, निर्देशक नवल नेपाल, उतम केसी, अशोक शर्मा, नरेश पौडेल, उज्वल घिमिरे, निर्मल शर्मा, स्वस्तिमा खड्कालगायत नयाँ तथा पुराना थुप्रै कलाकर्मीको पुग्नुभएको थियो ।
प्रदीप भारद्वाजको पटकथा रहेको चलचित्रमा केकी, मुकुन, आँचलको कुशल बिष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारको अभिनय छ । चलचित्र भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित रहेर निर्माण भएको हो । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित यो चलचित्रलाई सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गर्नुभएको हो ।






