✍️ धुव्र लोहागन
सिक्किम
भदौ १२ ।
‘म त कस्तो हुस्सु’
अर्काको बुडी मनपराएछु,
त्यति मात्र कहाँ हो र….
उसकै बुडासित पो आँखा लगाएछु।
****************
‘म त कस्तो बुददु’
साथीकै छेऊमा उसको केटीलाई हेरेको हेरेकै भएछु,
त्यति मात्र कहाँ हो र…
उसैलाई तिम्रो बेबी मलाई पनि पूरा मनपर्छ भनिपठाएछु ।
****************
‘म त कस्तो उल्लू’
भोट लडेर हामीलाई लडाउदैनौ होला नि ?
आफ्नै मात्र सम्पति बढाउँदैनौ होला नि ?
चौकी पाएपछि चोर्दैनौ होला नि ?
भनेर भोट माग्न आउने नेतालाई पो सोधिपठाएछु ।
****************
‘बेबी अनि हेभी’
चौबिसै घण्टा जोसित मस्त रहेछौ नि,
बाह्र घण्टा जो सँग मोबाइलमा व्यस्त रहन्छौ नि,
सखुवाको मुडा छिप्पिएको जस्तोलाई बेबी बेबी भन्छौ नि,
तिमीलाई स्विटी प्रिटी बेबी भन्दा तीन ठुनका पर्छौ नि ।
उसले आई लभ यु बेबी भन्दा लाडे हुँदै
लभ यु टु माई हेन्डसम बेबी भन्छौ नि
के ग्यारेन्टी छ उसको तिमी मात्र बेबी हौ भनेर
तिम्रो बेबीको अरु पनि थुप्रै बेबी हुनसक्छ ।
ऊ अर्कै छिप्पेको हेभी बेबीको घर बाउ हुनसक्छ,
दुइ तीन जना साच्चिकै बेबीको माउ हुनसक्छ,
जो सुकैलाई बेबी बनाउने तिम्रो बेबीको कता कता घाऊ हुनसक्छ ।






