अपाङ्गता-अभिभावक समाज नेपालको साधारणसभा सम्पन्न

काठमाडौं,
भदौ, ५ ।

अपाङ्गता-अभिभावक समाज नेपालको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘अपाङ्गता सबैको साझा सवाल, बनाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अपाङ्गता-अभिभावक समाज नेपाल चन्द्रागिरि-१२, बलम्बुको प्रथम वार्षिक साधारणसभा शनिबार ४ गते भब्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री तथा संघीय सांसद माननीय कृष्ण गोपाल श्रेष्ठले शुभकामना मन्तब्य दिने क्रममा अपाङ्गता भएका ब्यक्तिहरू र तिनका अभिभावकहरूका सवालहरूका बिषयमा सदै आफू सकारात्मक रहेको र सदै सबै प्रकारको सहयोगका लागि प्रतिबद्धसमेत रहेको जानकारी गराउनु भएको थियो ।

शुभकामना मन्तब्य दिदै वागमती प्रदेश सांसद तथा कार्यक्रमका विशिष्ट अतिथि माननीय केशव पोखरेलले संस्थाले गरेको अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरू लाई सङ्गठित गर्ने कार्य उत्कृष्ट रहेको र संस्थाले छोटो समयमा नै थुप्रै काम गर्न सफल पनि भएकोले आगामी दिनको सफलताको शुभकामना दिँदै आफ्नो तर्फबाट पदमा रहेपनि नरहेपनि सधै सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो ।

शुभकामना मन्तब्य दिने क्रममा चन्द्रागिरि नगरपालिका उपप्रमुख तथा कार्यक्रमका बिशिष्ठ अतिथि बसन्ती श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरूका लागि चन्द्रागिरि नगरपालिका सधै अभिभावकको भूमिका निर्वाहा गर्न तयार रहेकोसमेत जानकारी गराउनुभएमो थियो ।

चन्द्रागिरि नगरपालिका-६ का अध्यक्ष संजय सिग्देल, वडा नं-११ का वडा अध्यक्ष नरेन्द्रराज श्रेष्ठ, दहचोक स्वास्थ्य चौकिका प्रमुख सुमन घिमिरेले कार्यक्रमको सफलताको शुभकामना दिँदै शुभकामना मन्तब्य दिनुभएको थियोे ।

साधारणसभामा संस्थाका अध्यक्ष टेकबहादुर बमले संस्थाको आव २०७८/२०७९ को प्रगति प्रतिबेदन तथा भावि योजनाको विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष सुनिता ढुंगानाले आव २०७८/२०७९ को संस्थाको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियोे ।

सतुङ्गल पार्टी प्यालेस सतुङ्गलमा संस्थाका अध्यक्ष टेकबहादुर बमको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव भावनाकुमारी ढकालले गर्नुभएको थियो । कार्यक्रममा चन्दागिरि नगरपालिका अन्तरगत बसोवास गर्नुहुने अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकगरी १८० जनाको सहभागिता थियो ।

यसमा तपाइको मत

अन्य समाचार