काठमाडौं,
भदौ, ५ ।
शिव कैलाश कला मन्दिर र शिव कैलाश समृद्धि समूहको संयुक्त आयोजनामा तीज महोत्सव मनाइँएको छ । राजधानीमा एक विशेष समारोहबीच कोरियोग्राफर रेनुका रिजालको सभापतित्वमा तीज महोत्सव दर खाने कार्यक्रम सम्पन्न भएको हो ।
टोखा नगर उप मेयर मुरारी तमाङ प्रमुख अथिती तथा टोखा ३का महिला सदस्य सन्ता राई को विशिष्ट आथितिमा सम्पन्न भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
सो अवसरमा बरिस्ठ कलाकर रश्मि भट्ट, पत्रकार गीता अधिकारी, गयिका सरिका घिमिरे, मोडल रोशन बुढाथोकी, रेनुका रिजाल, सुस्मिता लामा, आरती थापा, सङ्गीता श्रेष्ठ, सुस्मिता पौडेल, मया थापा, सपना रिमाल, युनिशा रिजाल, पबित्रा केसी, रोशनी बुढाथोकी लगायतलाई सम्मान गरियको थियो ।
उक्त कार्यक्रममा शिव कैलास कला मन्दिरको वार्षिक सदस्यता पनि प्रदान गरियको थियो । कार्यक्रममा शिव कैलाश कला मन्दिरका सदस्यहरूले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा शिव कैलास कलामन्दिरको लोगो भएको पिन कलामन्दिरका प्रशिक्षकहरूलाई प्रदान गरियको थियो ।






