काठमाडौं,
साउन २७ ।
राप्रपा पार्टीको केन्द्रिय सदस्य कुन्तीदेवी पोखरेलले आफू संसदीय चुनाव उठ्ने घोषणा गर्नुभएको छ । राष्ट्रवादी शक्ति बलियो बनाउन र जनताको सेवा गर्न चुनाव उठन लागेको उहाँले बताउनुभयो । शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक पार्टीको (राप्रपा) बृहत संगठन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रम उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा उपस्थित राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, पुर्वअध्यक्ष पशुपति शम्सेर जबरा, पुर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र कामपाका नवनिर्वाचित राप्रपाका वडा अध्यक्ष कर्णे ध्वजको उपस्थिति थियो ।
‘काठमाडौको क्षेत्र नं २ भनेको राप्रपाको पकड भएको क्षेत्र हो, राप्रपाले संसदीय चुनाब जित्छ जित्छ, कुन्ति पोखरेल आउछ आउछ’ भन्दै उहाँले आफूले जित्ने आधार प्रस्तुत गर्नुभएको थियो ।
वडा, प्रदेश, क्षेत्र सबै ठाँउबाट सर्बसम्बत रुपमा सबैको सहमति भएर आयो भने म चुनाब जित्छु पोख्रेलको दाबी थियो । यसका साथै यता उता केही नगरी सबै साथीहरूलाई आफूलाई साथ् सहयोग गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।






