धरान,
साउन २५ ।
मेलीना राई तथा भिषण राईको स्वरमा रहेको गीत ‘भेटनलाई आए’ सार्वजनिक भएको छ । पुर्वीली म्युजिक भिडियो तथा रोशनी चलचित्र प्रोडक्शन प्रा.लि.को आयोजनामा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाले प्रोजेक्टर अन गर्दै गीतको भिडियो सार्वजनिक गर्नुभएको थियो । गीतमा प्रेमी प्रेमीका बीचको प्रेमको कथा प्रस्तुत गरिएको छ ।
भिषण कै शब्द रचना रहेको भिडियोलाई दिनेश माङमु लिम्बुले निर्देशन गर्नुभएको छ । भिडियोमा किशोर तुम्वाहाम्फे, निरन्जली लामा, आरबी थाङदेन, सोनु थाक्लेङको अभिनय छ । युवराज राई (वीरबहादुर)को छायाँकन रहेको भिडियोमा तारा थापा किम्भेको सम्पादन छ । गीतको भिडियोलाई ओसीआर डिजिटरको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






