काठमाडौं,
साउन २१ ।
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त हुनुभएको छ । सोसाइटीको साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः नियुक्त हुनुभएको हो ।
अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने बताउनुभयो ।
यसैगरी, सोसाइटीको उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टंककनाथ पौडेल र कोषाध्यक्षमा शंककरलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
यस्तै, सोसाइटीको सदस्यमा क्रमशः चेतबहादुर सिंह, सानुकुमार ताम्रकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाइएल लामा, मधुकुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत चयन हुनुभएको छ । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत छ ।






