काठमाडौं,
साउन २१ ।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ः२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५:३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो ।
भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए । यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।






