थपिए ९१५ जना कोरोना संक्रमित

काठमाडौं,
साउन १८ ।

बुधबार देशभर थप ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार दुई जनाको नमूना परीक्षण गरिएको थियो ।

तीन हजार ९१ जनाको पिसीआर र दुई हजार ९११ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९१५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १०१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर पाँच हजार ४३३ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार