किरात एकेडेमी पुरस्कार ढकाल र दिकपाललाई संयुक्तरुपमा प्रदान गरिने

काठमाडौं,
साउन २ ।

किरात एकेडेमीद्वारा प्रदान गरिने ‘किरात एकेडेमी पुरस्कार’ को लागि गठित एकेडेमीको छनोट समितिद्वारा तेस्रो पुरस्कार घोषणा गरिएको छ ।

पुरस्कार प्रयोजनको लागि प्राप्त कृतिहरूमध्येबाट सात ओटा कृति सूचीकृत गरिएकोमा ती कृतिमध्ये यस पटक विप्लव ढकालद्वारा लिखित ‘भोजपुरको वाङ्मय’ (वाङ्मयिक अनुसन्धान) र राजकुमार दिक्पालद्वारा लिखित ‘आदिवासी विद्रोहको इतिहास’ (इतिहास) लाई संयुक्तरुपमा पुरस्कृत गरिने निर्णय गरिएको छ ।

यस अगाडि यो पुरस्कार प्रथम पटक युग पाठकको ‘उर्गेनको घोडा’ (उपन्यास) र दोस्रो पटक झलक सुवेदीको ‘ब्रिटिस साम्राज्यको नेपाली मोहोरा’ (इतिहास अनुसन्धान) ले प्राप्त गरेका थिए । पुरस्कारको राशी पचास हजार रुपैयाँको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार